२८ पुष २०७५, शनिबार

काठमाडाैं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघको १२औं महाधिवेशन अनिश्चित भएसँगै आठ पदाधिकारीले सामूहिक राजीनामा दिएका छन् । संघका अध्यक्ष नैनसिंह महरप्रति असन्तुष्टि जनाउँदै राजीनामा दिएका हुन् ।

राजीनामा दिनेहरुमा उपाध्यक्षहरु शाही, सञ्जय यादव, विकास केसी, महामन्त्री सरोजकुमार थापा, सहमहामन्त्री प्रेमराज जोशी, अम्बिका चलाउने, प्रकाश घिमिरे र अच्युतराज कलौनी छन् । उनीहरुले शुक्रबार बिहान पार्टी सभापति देउवालाई राजीनामापत्र बुझाएका हुन् ।

नेविसंघ कार्यसमितिको समायावधि भदौ २ मै सकिएको थियो । तर विधानतः तीन महिना थप गरेर अधिवेशन गराउन समय थपिएपनि महाधिवेशन हुन सकेको थिएन । माघ २ गतेसम्म रहेको वर्तमान महर नेतृत्वको कार्यसमितिले यहि पुस २८ देखि महाधिवेशन गर्ने घोषणा गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV