२७ पुष २०७५, शुक्रबार

मनोज श्रीवास्तव,

कपिलवस्तु । कपिलवस्तुमा पाँच वटा सडकको निर्माण कार्य रोकिएको छ ।

क्षेत्रीय तथा पर्यटकीय महत्वका ५ वटा मुख्य सडक बजेट अभाव भन्दै रोकिएको हो । सडक विभागले केन्द्रबाट बजेट विनियोजन नभएको भन्दै पत्राचार गरेरै निर्माण रोकेको छ । अर्थ मन्त्रालयले बहुबर्षिय योजनाका सबै सडकको दायित्व तथा बजेट प्रदेश सरकारलाई दिएपछि विभागले उक्त कार्य नगर्न निर्देशन दिएको हो ।

पूर्व–पश्चिम राजमार्गसंग जोडिने बुद्धको राजदरबार तिलौराकोट–लक्ष्मणघाट–कोइलीबनगाई ८ किलोमिटर, बैदौली–देउवापार–कोपवा ३ किलोमिटर, पकडी–जयनगरा ११ दशमलव ४ ० किलोमिटर, बर्रोहिया–पचेहरा ७ दशमलव ६ ० किलोमिटर, चाकरचौडा–गौरा–पिपरा–सिसहनिया र बर्रोहिया–पचेहरा १० दशमलव ३ ० किलोमिटर सडक निर्माण कातिक महिनादेखि रोकिएको छ ।

सडक निर्माण रोकिएपछि व्यवसायीदेखि स्थानीय समेत चिन्तित बनेका छन् । जिल्लाको कृषि तथा पर्यटकीय महत्वका ति सडक बजेट अभावकै कारण रोकिनु चिन्ताको विषय भएको स्थानीय बताउँछन् ।

सडक डिभिजन शिवपुर मार्फत बहुबर्षिय सडकको काम नगर्न र सबै सडक प्रदेश सरकारलाई हस्तान्तरण गर्न डिभिजन शिवपुरलाई विभागले निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV