धर्म निरपेक्ष क्रिश्चियन एजेण्डा होः आरसी न्यौपाने, लेखक



प्रकाशित मिति : Jan 11, 2019

पृथ्बीनारायण शाहको योगदानलाई विवादमा ल्याउने खेल निरन्तर भइरहेको छ । नेपाललाई नेपाल भनेर विश्व सामु चिनाउने मात्र नभइ गोर्खालीको साहसिलो छविलाई संसारमा स्थापित गर्ने नायकको नाम हो पृथ्बीनारायण शाह ।

तर यिनै नायकलाई बारम्बार विवादमा ल्याउने काम भइरहेको छ । पृथ्बीनारायण शाहको नाम लिनेहरु प्रतिगामीको दर्जामा दर्जिन बाध्य बनिरहदा पनि उस्को पक्षमा आवाज उठाउनेहरु कम छैनन् ।

बरु बोली बलियो बन्दै गएको भान पनि हुन थालेको छ । पृथ्बीनारायण शाहको योगदानलाई राजतन्त्रको कसीमा राख्ने दृष्टिकोणले उनको योगदानलाई धुमिल बनाएको महसुस धेरैले गरेका छन् । तर लेखक एवं जनसाँस्कृतिक महासंघ नेपालका केन्द्रीय उपाध्यक्ष आरसी न्यौपाने इतिहास मेटिए मुलुकको अस्तित्व मेटिने भन्नु हुन्छ ।

इतिहास संरक्षणमा लाग्दा राजसंस्था फर्काउने खेल भन्नेहरु गलत भएको बताउँदै उहाँले इतिहासको गल्तीबाट पाठ सिक्न आवश्यक भएको सुझाव पनि दिनुभयो ।

पृथ्बीनारायण शाहको दिव्योपदेश अझै पनि उत्तिकै सान्द्र्धभिक रहेको चर्चा गर्दै न्यौपानेले आधुनिक नेपालको निर्माणमा पृथ्बीनारायण शाहले दिएको योगदानको कदर हुनु पर्ने बताउनु भयो । लेखक न्यौपानेसंग नियमित प्रस्तुति इस्युज अफ द डेमा टिभी जर्नलिष्ट स्मृति मल्लले गरेको कुराकानी विस्तृतमाः


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com