आत्मनिर्भरताको नारा घन्काउने सरकारले किसानको बारीमा सुकेको उखु देखेन (भिडियो)



प्रकाशित मिति : Jan 11, 2019

१.उखु किसानको पीडा

झापा । आत्मनिर्भरताको नारा लाउने सरकारले किसानको खेतबारीमा सुकेको उखुमा ध्यान दिन सकेको छैन् । उखु किसानहरुको समस्या नौलो होइन यो पुरानो समस्या भएपनि यस्को समाधानका लागि गम्भीर प्रयास भएको पाइन्न ।

सरकारले केही दिन अघि उखुको मूल्य त तोकिदियो तर कुनै पनि चिनी उद्योगहरु किसानको उखु उठाउने पक्षमा देखिएका छैनन् । चिनी मिलहरुमा भण्डारण रहेका चिनीहरु विक्रि नहुँदा चिनी मिलहरु थप समस्या भित्र्याउने पक्षमा देखिदैनन् ।

नेपालका चिनी मिलहरुसंग ठूलो परिणाममा चिनी भण्डारण रहेपनि सरकार स्वयंले विदेशबाट चिनी आयात गरेपछि उत्पन्न परिस्थिति पछि उखु किसानहरु जुस र सख्खर बनाएर भएपनि आफ्नो उखु लगाउने प्रयासमा भने जुटेका छन् ।

२.नेटवर्ट छैन
तेह«थुम । सञ्चार क्षेत्रमा भएको तीब्र विकासले आम नेपाली जनताले सुविधाको महसुस गरेपनि अझै यो धेरै क्षेत्रमा दिगो बन्न सकेको पाइदैन । नेटवर्कको अभावले अझै पनि मोबाइल फोन सबै नेपाली जनताको पहुँचमा पुग्न सकेको छैन् ।

यस्तै सास्ती भोग्दै आएका छन् तेह«थुम,संखुवासभा र ताप्लेजुङको संगमस्थल गुफाबजारका वासिन्दाले । पर्यटकीय यो स्थानमा पुग्ने आन्तरिक तथा वाह्य पर्यटकहरुले पनि यो समस्या भोग्दै आएका छन् ।

३. वीपीमा नयाँ सेवा

सुनसरी । देश विदेशमा ख्याति कमाएको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले अब नयाँ सेवाहरु प्नि सुरु गर्ने भएको छ । सुपरस्पेस्यालिटी सेवाको तयारी सुरु गरेको वीपी प्रतिष्ठानले कलेजो रोग सम्बन्धि उपचारको पनि सेवा विस्तार गरेको छ । बिभिन्न रोगको उपचारका लागि अलग अलग भवनबाट सेवा जारी राखेको वीपी प्रतिष्ठानले क्यान्सर रोगको उपचारको पनि सेवा सुरु गर्ने भएको छ ।

४.दृष्टिविहीनका पीडा

सुनसरी । जन्मजात हेपिएका शारीरिकरुपमा अशक्तहरुले समाजमा अझै पनि पाइला पाइलामा अपमानको सामना गर्दै आउनु परेको छ । शारीरिकरुपमा अशक्तहरु हेपिने सबभन्दा ठूलो क्षेत्र अहिले सार्वजनिक यातायात बनेको छ ।

अपांगता भएकाहरु र दृष्टिविहीनहरु सार्वजनिक सवारी साधनमा चढे भने उनीहरुलाई जबर्जस्ती ओराल्ने, अपमानजनक व्यवहार गर्ने जस्ता घिनलाग्दो कार्यहरु निरन्तर हुँदै आएका छन् ।

यद्धपि सवारी साधनमा भने शारीरिकरुपमा अशक्तहरुका लागि सिटको नै आरक्षण गरिनु पर्ने अनिवार्य व्यवस्था छ । निरन्तर अपमान भोगेपछि सुनसरीका शारीरिकरुपमा अशक्त भएकाहरुले भने पछिल्लो समय जुन कदम चाले त्यस्ले उनीहरुको जित भएको महसुस गर्न थालिएको छ ।


प्रतिक्रिया दिनुहोस्


Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com