न्यायको बाटो छोडेकोले दीपकराज जोशीलाइ संवैधानिक इजलासबाट हटाएः प्रधानन्यायाधीश राणा



प्रकाशित मिति : Jan 11, 2019

काठमाडौं, २७ पुष । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले न्यायको बाटो छाडेकाले सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश दीपकराज जोशीलाई संवैधानिक इजलाशबाट हटाउनु परेको दोहो¥याउनु भएको छ ।

काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानन्यायाधीश जबराले न्यायको मन्दिरमा न्यायसंगत काम नभएकाले जोशीलाई हटाउनुपरेको स्पष्टीकरण दिनुभएको हो । जोशीलाई सम्पूर्ण जिम्मेवारीबाट मुक्त गरेर मात्रै न्यायालयलाई न्यायको मन्दिर बन्ने हुँदा निकै अप्ठ्यारो गरेर भएपनि हटाउन बाध्य भएको प्रधानन्यायाधीश जबराको भनाइ थियो ।

यता, नेपाल बार एशोसियसनले भने प्रधानन्यायाधीशको निर्णय गलत भएको तर्क गरेको छ । बारका अध्यक्ष शेरबहादुर केसीले बहालवाला न्यायाधीश जोशीलाई जिम्मेवारी नदिएर गलत नजिर स्थापित गरेको भन्दै आपत्ति जनाउनुभएको थियो । प्रधानन्यायाधीश जोशीले निर्णय नसच्याए काम गरेको भन्दै तत्काल सच्याउन प्रधानन्यायाधीश जबरासँग माग गर्नु भयो ।

यता, सरकारले भने बारले न्याय परिषदको निर्णयमा हस्तक्षेप गरेको आरोप लगाएको छ । अदालतका न्यायाधीशलाई इजलास तोक्ने अधिकार प्रधानन्यायाधीशलाई भएकाले विवाद र प्रश्न उठाउनु उचित नहुने कानून मन्त्रीको तर्क छ ।

न्याय परिषदले केही दिन अघि मात्रै वरिष्ठ न्यायाधीश जोशीलाई सम्पूर्ण अधिकारमा रोक लगाउने निर्णय गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com