२७ पुष २०७५, शुक्रबार

ज्योतिकुमार पन्थी,

गुलरिया । बर्दिया जिल्लाको बबई नहरमा फसेको निलगाईलाई आज उद्धार गरिएको छ । बंबई नहरको पश्चिम भागमा नहर भित्र पसेको निलगाईलाई उद्वार गरिएको हो ।

निर्माणाधिन नहरमा जंगली निल गाई खसेपछि स्थानीय बासिन्दाहरूले डिभिजन बन कार्यालय बर्दियालाई जानकारी गरायका थिए ।

स्थानीय बासिन्दाले डिभिजन बन कार्यालयलाई जानकारी गराएपछि कार्यालयको टोली र स्थानीय बासिन्दाको सहयोगमा निलगाईलाई उद्धार गरिएको डिभिजन बन कार्यालयका प्रमुख कोमलराज काफ्लेले जानकारी दिए ।

उद्धार गरिएको निलगाईलाई नजिकै रहेको सामुदायिक बनमा छोडिएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV