२७ पुष २०७५, शुक्रबार

काठमाडौं, २७ पुष । नेपाल विद्यार्थी संघको महाधिवेशन समयमा हुन नसकेको भन्दै संस्थापन समूहका सात जना पदाधिकारीले राजीनामा दिएका छन् । पटक पटक म्याद थप्दा पनि अध्यक्ष नैनसिंह महरले महाधिवेशन गर्न नचाहेको भन्दै राजीनामा दिएका हुन् ।

उपाध्यक्ष पुष्पकुमार शाही, संजय यादव, विकास केसी, महामन्त्री सरोजकुमार थापा, सहमहामन्त्री प्रेमराज जोशी, प्रकाश घिमिरे र अच्युतराज कलौनीले राजीनामा दिएका हुन् ।

नेविसंघको माघ २ गते कार्यकाल सकिँदैछ भने कांग्रेसको बैठक माघ १० गते मात्र बस्ने भएका कारण आठ दिन नेविसंघ नेतृत्वविहीन हुने निश्चित भएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV