राष्ट्रिय एकताका धरोहर पृथ्वी नारायण शाहको जन्म जयन्ती यसरी मनाइयो (फोटोफिचर)



प्रकाशित मिति : Jan 11, 2019

काठमाडौं । राष्ट्रिय एकताका धरोहर पृथ्वी नारायण शाहको जन्म दिन आज विभिन्न कार्यक्रम गरी पृथ्वी जयन्ती मनाइएको छ ।

विक्रम सम्वत् १७७९ मा आजकै दिन अर्थात पुष २७ गते पिता राजा नरभुपाल शाह र माता कौशल्यावती देवीको प्रथम पुत्र रुपमा पृथ्वी नारायण शाहको जन्म भएको थियो । राजा पृथ्वीनारायण शाहले आधुनिक नेपालको खाका कोरेकाले उनको जन्म जयन्तीको दिन राष्ट्रिय एकता दिवस मनाउने गरिन्छ ।

राज्य विस्तारको क्रममा पृथ्वीनारायण शाहले स–साना बाइसे र चौबिसे राज्यहरुमा छरिएको भू–भागलाई सिङ्गो नेपाल बनाएकाले उनको जन्म दिनमा राष्ट्रिय एकता मनाउन थालिएको हो । तर, देश गणतन्त्रमा प्रवेश गरेपछि पुथ्वी नारायण शाहको जन्म दिनलाई राष्ट्रिय एकता दिवसको दिनको रुपमा मनाउन छोडिएपनि ७४ सालदेखि पुनः मनाउन थालिएको हो ।

सोही अबसरमा आज सिंहदरबार स्थित पृथ्वी नारायण शाहको सालिगमा यसरी उहाँलाइ यसरी स्मरण गरियो ।




प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com