दलाललको इसारामा चल्छन् यातायात कार्यालयका कर्मचारी ! सीमा क्षेत्रमा नक्कली डाक्टरको बिगबिगी (भिडियो)



प्रकाशित मिति : Jan 10, 2019

काठमाडौं । न्युज २४ टेलिभिजनको विशेष कार्यक्रम ‘सीधाकुरा जनतासँग’को आज ३२५ औं एपिसोड हो । कार्यक्रमको आजको एपिसोडमा पनि विभिन्न रिपोर्टहरु प्रस्तुत गरिएको छ ।
कार्यक्रमको आजको एपिसोडमा निम्न रिपोर्टहरु प्रस्तुत गरिएको छ ।

१. दलाललको इसारामा चल्छन् यातायात कार्यालयका कर्मचारी !

काठमाडौं । यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र दिने ठुलो भ¥याङको कार्यालयमा सेवाग्राहीले कर्मचारीबाट सेवा लिन बाहिरको दलाललाई पैसा दिनु पर्छ । त्यसपछि दलालको फोन र इशारा पाएपछि मात्र कर्मचारीले काम गर्छन् ।

आफ्नो लाइसेन्समा गाडीको अनुमती थप्न टिकाथलीका नरेश देवकोटा मंगलबार यो कार्यालयमा पुगेका थिए । कार्यालयमा दिउँसो १ बजेर ३० मिनेटसम्ममा ३ सय ५० जनालाई मात्रै टोकन दिने व्यवस्था रहेछ तर उनि अल्लि ढिला पुगेका थिए ।

२. सीमा क्षेत्रमा नक्कली डाक्टर, मेडिकलहरु पनि दर्ता गरिएका छैनन् !

विरगञ्ज । तराईका जिल्लामा अधिकांश औषधि पसल एवं मेडिकल क्लिनिक अबैध रुपमा सञ्चालन भइरहेको छन् । बारा, पर्सा जिल्लाका अशिकांश औषधि पसल सञ्चालकले अनुमति लिएको पाइदैन । जिल्लाका सिम्रनगढ, च्युटाहा, हर्नैया, बरियार्पुर लगायतका स्थानमा सयांै यस्ता मेडिकल सञ्चालनमा छन् ।

३. उपचार गराउन काठमाडौं आउन भाडासमेत छैन्, कसरी गराउने उपचार ?

कपिलवस्तु । कपिलवस्तु यशोधरा ८ सिहोखोरका ५ बर्षीय रामकिशोर मुराउ, बिटा थाइलेसिमा रोगबाट ग्रसित छन् । उपचार सम्भव भएपनि आर्थिक अभावका कारण बालकको ज्याने त्यही रोगले ज्यान लिने अवस्था छन् ।

मुराउको परिवारको आर्थिक अवस्था निकै कमजोर भएपछि रगत बन्ने प्रकृया रोकिने रोग बिटा थाइलेसिमाको उपचार पाएका छैनन् ।

Advertisements

प्रतिक्रिया दिनुहोस्



Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com