२६ पुष २०७५, बिहीबार

काठमाडौं । शेयर बजारमा परिसूचक नेप्सेमा झिनो सुधार देखिएको छ। बजारमा लगानीकर्ताको उपस्थिति कम रहेका कारण सामान्य उतारचढाव बीच नेप्से बढेको हो ।

बिहीबार शेयर बजारमा परिसूचक नेप्से १ दशमलव ८ अंकले बढेर १ हजार १ सय ८० दशमलव आठ चार अंकमा बन्द भएको छ । सेन्सेटिभ परिसूचक पनि बढेको छ । होटल, विकास बैंक, जलविद्युत, उत्पादन तथा प्रशोधनसमुह बाहेकका सबै समुहमा बृद्धि छ ।

पुष मसान्तका कारण लगानीकर्ताको चहलपहल कम देखिएपनि नेपाल बैंकको उच्च कारोबार हुँदा समग्रमा ३६ करोड ६३ लाख रुपैयाँ बढिको कारोबार भएको छ । नेपाल बैंकको मात्रै ११ करोड ६३ लाख बढिको शेयर कारोबार भएको छ ।

सानिमा इक्युटि फण्डका इकाइधनिहरुले झण्डै १० प्रतिशतले कमाएका छन् । सिनर्जी पावरका शेयरधनीले ५ प्रतिशत बढिले गुमाएका छन् । पुष मसान्तमा कतिपय लगानीकर्ताले शेयर विक्री गरि बैंक कर्जा तिर्ने समय भएकाले पनि शेयर बजार दबाबमा रहेको हो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV