२६ पुष २०७५, बिहीबार

काठमाडौं । काठमाडौँ उपत्यकाका ठाउँ ठाउँमा नेवार समुदायका अग्रजले प्राचीनकालदेखि निर्माण गरेर छाडेका ऐतिहासिक महत्वका धारा प्रशस्त छन् । त्यसमाथि पनि विभिन्न कालखण्डमा आपतकालिन समयमा प्रयोग गर्न सकिने पौराणिक धारा अझै पनि राखिएका छन् । तर, संरक्षणको अभावमा अधिकांश धारा लोप हुन थालेका छन् ।

पौरााणिक धारा हिजोआज मात्रै विकास भएको प्रणाली होइन । यसको पछाडिको इतिहास लिच्छवीकालसम्म जोडिएको छ । विभिन्न समयमा काठमाडौं उपत्यकाका विभिन्न स्थानमा जडान भएका यस्ता धाराको मुख्य विशेषता भनेको चौबिसै घन्टा पानी बगिरहनु हो । तर, अहिले न ढुङ्गेधारा छ न त पानी नै आउँछ । यो बसन्तपुरको उत्तर पट्टी रहेको ऐतिहासिक धारा ।

यी लगायत उपत्यकाका अधिकांश स्थानका धारामा अहिले पानी आउँदैन । भौतिक संरचना निर्माण भएसँगै काठमाडौंका विभिन्न स्थानमै नदेखिने गरी यि धारा हराउन थालेका छन् । न त यसलाई स्थानीयले संरक्षणमा ध्यान दिएका छन् न त सम्बन्धित निकाय नै गम्भीर देखिएको छ । मानव सभ्यतामा आएको परिवर्तनसँगै काठमाडौंका ऐतिहासिक धारा लोप हुन थालेका छन् ।

काठमाडौं उपत्यकालाई मौलिक शहर निर्माण गर्ने काठमाडौं महानगरपालिकाको पनि यसमा ध्यान गएको छैन । ऐतिहासिक पक्ष जोडिएका पौराणिक धारा संरक्षणमा महानगरको रुची पनि देखिदैन ।

काठमाडौँं उपत्यकाभित्र हाइड्रेन्टको रुपमा प्रयोग हुने गरेको भएपनि अहिले यसलाई प्रयोगमा ल्याउन नसक्नु दुःखद पक्ष हो । ऐतिहासिक वस्तुको उपेक्षा भन्दा पनि सबैले इतिहासको संरक्षण नै मुलुकको विकासको अर्को खुड्किला हो भन्ने बुझन जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV