२६ पुष २०७५, बिहीबार

काठमाडौं । ‘तपस्वी’ भनिएका रामबहादुर बम्जनको सिन्धुलीस्थित आश्रमबाट सोधपुछका लागि प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ ।

प्रहरी नायब उपरीक्षक विमल कँडेलको नेतृत्वमा काठमाडौंबाट पुगेको टोलीले अनुसन्धानका लागि सिन्धुली प्रहरीको सहायतामा कमलामाई नगरपालिका–८ पैरेस्थित बम्जनको आश्रमबाट महात्मा गुरु भनिने मकवानपुरका इन्द्रबहादुर स्याङ्तान र सर्लाहीका गोपाल योञ्जनलाई नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख रामेश्वर यादवले दुवैसँगको सोधपुछ सुरु गरिएको र सकिएपछि मात्रै विस्तृत विवरण थाहा हुने जानकारी दिनुभयो । दुवैको बयानका आधारमा अनुसन्धान अगाडि बढाइने प्रहरीले जनाएको छ ।

बम्जनको आश्रमबाट केही व्यक्ति बेपत्ता भएको भन्ने उजुरीका आधारमा प्रहरी सिन्धुपाल्चोकको बाँडेगाउँ पछि सिन्धुलीको पैरे आश्रम पुगेको हो । शंकास्पद रहेको भन्दै प्रहरीले सिन्धुपाल्चोकको आश्रममा पनि अनुसन्धान गरिरहेको छ ।

LIVE TV