२६ पुष २०७५, बिहीबार

तारा आचार्य

विराटनगर, २६ पुष । झापा, मोरङ र सुनसरीका अल्पसंख्यक सन्थाल समुदायले परम्परागतरुपमा मनाउने सोहराय पर्व विधिपूर्वक मनाउन शुरु गरेका छन् ।

प्रत्येक बर्ष पुष २५ गते देखि ३० गते सम्म मनाईने यो पर्वमा ६ दिन सम्म नयाँ लुगा लगाएर विभिन्न परिकार बनाउने, चेलिबेटीलाई माइतीमा बोलाएर ख्वाउने र पूर्वजको सम्झनामा पूजाआजा गर्ने गरिन्छ ।

६ दिनसम्म प्रत्येक दिनलाई भिन्नाभिन्दै पर्वको रुपमा जाली, हुकुवा, सक्रान्त सिद्रा तथा हलजात्राका नामले मनाउने गरिन्छ । आपसमा भेला भएर नाचगान गर्दै मनाइने यो पर्वलाई आपसी मेलमिलाप र भातृत्वको पर्वको रुपमा मनाउने गरिएको सन्थाल अगुवाहरुले बताएका छन् ।

मोरङको सिजुवा, इटहरा, बरडंगा लगायत पूर्वदक्षिणी गाविसहरुमा बसोबास गर्दै आएका सन्थालहरुको मुलुकभर जनसंख्या करिब ५२ हजार रहेको अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV