देश अहिले सकसपूर्ण र कपटपूर्ण अवस्थाबाट गुज्रदै : पूर्व राजा ज्ञानेन्द्र शाह



प्रकाशित मिति : Jan 10, 2019

काठमाडौं, २६ पुष । पूर्व राजा ज्ञानेन्द्र शाहले देश अहिले सकसपूर्ण र कपटपूर्ण अवस्थाबाट गुज्रिरहेको बताउनु भएको छ । उहाँले मातृभूमिको अस्तित्वमा घात प्रतिघातको कालो बादल पनि मडारिरहेको भन्दै चिन्ता पनि व्यक्त गर्नु भएको छ ।

पृथ्बीनारायण शाहको २९७ औं जन्मजयन्ती एवं राष्ट्रिय एकता दिवसको पूर्व सन्ध्यामा शुभकामना वक्तव्य जारी गर्दै पूर्व राजा शाहले ‘नेपाल चार बर्ण छत्तीस जातको फुलबारी हो, मेरा साना दुःखले आज्र्याको मुलुक होइन सबैलाई चेतना भया’ भन्ने पृथ्बीनारायण शाहको दिव्य उपदेशको मर्म अनुरुप व्यवहार गर्न नखोज्दा मातृभूमिको अस्तित्वमा घातप्रतिघातको कालो बादल मडारिएको निष्कर्ष निकाल्नु भएको छ ।

उहाँले राष्ट्र निर्माणमा बलिदान गर्ने तमाम वीर वीरंगना एवं सपूतहरुको उत्सर्ग कहिल्यै भूल्न नहुने उल्लेख गर्दै शुभकामना विज्ञप्तीमा अगाडि भन्नु भएको छ ‘ भुलेर , अल्मलिएर र आफ्नै अस्तित्व बोधबाट विस्मरण गर्दा देश यतिबेला सकसपूर्ण र कपटपूर्ण अवस्थाबाट गुजदैछ । ’

विज्ञप्तीमा अगाडि भनिएको छ ‘ एउटा नागरिकको निम्ति देशभन्दा ठूलो अर्को कुनै बाद र विचार हुन सक्दैन, नेपाली नेपालीबीच फाटो पैदा गर्ने , दुराग्रह बढाउने, सार्वभौमिक सर्वोच्चता, राष्ट्रिय एकता र सामाजिक सदभावलाई क्षति पु¥याउने, अनुशासशनहिनता र अराजकतालाई प्रोत्साहन गर्ने जस्ता कार्य कुनै वाद र विचारका आडमा गरिनु हुँदैन । ’

Advertisements

प्रतिक्रिया दिनुहोस्



Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com