२६ पुष २०७५, बिहीबार

काठमाडौँ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र भारतीय समकक्षी सुस्मा स्वराजबीच भेटवार्ता भएको छ । ‘रायसिना संवाद’मा सहभागी हुन दिल्ली पुग्नुभएका मन्त्री ज्ञवालीले भारतीय विदेशमन्त्री स्वराजसँग भेटवार्ता गर्नुभएको हो । भेटमा दुई पक्षीय हितका विषयमा छलफल भएको थियो ।

झण्डै आधा घण्टा लामो भेटमा आपसी सम्बन्ध र चासोका विषयमा कुराकानी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । पराष्ट्रमन्त्री ज्ञवालीले अब्जर्भर रिसर्च फाउण्डेशन र भारतीय विदेश मन्त्रालयले आयोजना गरेको चौथो संस्करणको रासयिना संवाद कार्यक्रमलाई सम्बोधन समेत गर्नुभएको थियो । सम्बोधनका क्रममा नेपालको स्थायी सरकार र प्रधानमन्त्री केपी शर्मा ओलीको सुखी नेपाली समृद्ध नेपाल अवधारणाको विषयमा समेत चर्चा गर्नुभएको थियो ।

साथै, नेपालले विकसित देशसँगको साझेदारीमा मुलुकको विकास गर्ने समेत प्रतिबद्धता जनाउनुभएको थियो । सम्बोधनसँगै मन्त्री ज्ञवाली आजै स्वदेश फर्किनु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV