२६ पुष २०७५, बिहीबार

काठमाडौँ । बिहीबार नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ ।

अन्तराष्ट्रिय बजारमा सुनचाँदीको भाउमा बृद्धि हुँदा नेपालमा पनि मूल्य बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार फाइन गुणस्तरको सुन प्रतितोला ६ सय रुपैयाँले बढेर ६० हजार ७ सय रुपैयाँमा कारोबार भएको छ । तेजावी सुन प्रति तोला ६० हजार ४ सय रुपैयाँमा कारोबार भयो ।

चाँदी भने प्रति तोला ५ रुपैयाँले बढेर ७ सय ६५ रुपैयाँमा कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV