सामाजिक सद्भाव र देशको एकताका लागि सधै चिन्ताः पूर्व राष्ट्रपति डा.रामवरण यादव



प्रकाशित मिति : Jan 10, 2019


सुरेश श्रेष्ठ,

दाङ, २६ पुष । पूर्व राष्ट्रपति डा. रामवरण यादवले समाजिक सद्भाव र देशको एकताका लागि सधै चिन्ता लाग्ने गरेको बताउनु भएको छ । ‘मेरो प्राथमिकता भनेको देशको एकतालाई कसरी कायम राख्ने, समाजिक सद्भाव कसरी जोड्ने नै हो,’ पूर्व राष्ट्रपति यादवले भन्नुभयो, जातिय, क्षेत्रीय कुरामा समन्वय गर्ने र राष्ट्रिय एकता कायम गर्ने हो ।’

संविधान मार्फत देशमा देखिएको समस्या समाधान गर्नु पर्ने बताउदै उहाँले संविधान, कार्यान्वयनको बाटो अघि बढेकोले जनअपेक्षा पुरा हुनेमा आशाबादी रहेको बताउनुभएको छ । राष्ट्रपतिबाट सन्यास लिएको तीन बर्ष भएको भन्दै आफूले मुलुकलाई समृद्धिको मार्गमा बिषयमा भूमिका निर्वाह गर्ने बताउनुभयो ।

उनले आफु चिकित्सा क्षेत्रमा फर्कने भनि आएका समाचार गलत भएको बताएका छन् । दाङको तुलसीपुर बिमानस्थलमा बिहीबार पत्रकारहरुसँग कुरागर्दै पूर्व राष्ट्रपति डा।यादवले आफूलाई पुनः चिकित्सा क्षेत्रमा फर्कने भनी आएका समाचार गलत भएको बताउँनुभयो ।

पत्रकारले जति बोलेको हो, त्यतिमात्रै लेख्नु पर्छ’ उहाँले भन्नुभयो ‘ तर बोलेको भन्दा बढि लेखेकै कारण यस्तो समाचार बाहिर आएको हो ।’

काठमाडौंको एक सहकारी अस्पतालको बार्षिक साधारणसभामा आफुले सरकारी अस्पतालमा जान मिल्ने भएपनि आफ्नो उमेरको कारणले जान नसक्ने कुरा बोलेको भएपनि त्यसलाई पत्रकारले ठूलो बनाएर समाचार प्रकाशन गरेको भन्दै असन्तुष्ट पनि ब्यक्त गरे ।‘

मैले नाफामुलक कुनै पनि अस्पतालमा काम गर्न मिल्दैन्, तर सरकारी अस्पतालमा काम गर्न मिलेपनि ७७ बर्ष भईसके त्यसैले म क्रियाशिल हुन सक्दिना’ उहाँले भन्नुभयो ।


Advertisements

प्रतिक्रिया दिनुहोस्



Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com