२६ पुष २०७५, बिहीबार

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले नेपाल दूरसञ्चार प्राधिकरणको छड्के जाँच गरेका छन् ।

प्राधिकरणको कार्यालयमा मन्त्री बास्कोटा १० बजे पुग्दा दुई तिहाई कर्मचारीको उपस्थिती थिए । मन्त्री बास्कोटाले २४ घण्टाभित्र प्राधिकरणको सबै डकुमेन्ट र जवाफसहित मन्त्रालयमा अधिकारीहरुलाई बोलाएका छन् ।

उनले बाहिर उठेको प्रश्नको सत्य तथ्य जवाफ दिने दायित्व रहेको बताए। प्राधिकरणबाट भइरहेका कामाथि पछिल्लो समय प्रश्न उठिरहेको छ । यसरी प्रश्न उठेपछि त्यसकाे जवाफ दिन विभागीय मन्त्री भएकोले बास्कोटा छड्के जाँचकोमा पुगेको हो ।

मन्त्रालयका कारण कुनै काममा बाधा परेको भए उक्त समस्यालाई समाधान गर्न आफू तयार रहेको बताउँदै बास्कोटाले डिजिटल नेपाल बनाउनेमा लाग्नुपर्ने बताएका छन् । कर्मचारीहरुलाई नसचिएमा विकल्प खोज्नतीर लाग्ने उनको भनाइ थियो ।

LIVE TV