२६ पुष २०७५, बिहीबार

मनोज भुजेल,

इटहरी, २६ पुष । दुबै मृगौला फेल भएर उपचार गराइरहेकी प्रतिमा राईले उपचारका लागि आर्थिक सहयोग गरिदिन आग्रह गरेकी छिन् । धनकुटा ७ साँगुरीगढी निवासी ३६ वर्षीया प्रतिमा दुई बर्षदेखि दुबै मृगौला फेल भएर धरानस्थित वीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमामा उपचार गराइरहेकी छिन् ।

आर्थिक अबस्था निकै कमजोर भएका कारण उपचारमा सहयोग गर्न उनले सबैसँग आग्रह गरेकी हुन् । प्रतिमालाई ९८१९३१७६०३ मा सम्पर्क गर्न सकिनेछ । घर खेत बेचेर उपचार गराइरहेकी प्रतिमा कक्षा ९ मा अध्ययनरत आफ्नी छोरीको पढाई समेत रोक्न बाध्य हुनु परेको दुखेसो पोखिन ।

डाइलासिस सेवा लिइरहेपनि उपचारमा संलग्न चिकित्सक मृगौला प्रत्यारोपण तत्काल गर्न भनेको प्रतिमाले सुनाइन । मृगौला प्रत्यारोपण गरेपछि पनि उपचारका लागि ५÷७ लाख रुपैयाँ पैसा आवश्यक पर्ने प्रतिमाको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV