२६ पुष २०७५, बिहीबार

काठमाडौं, २६ पुष । नेपाल भारत सचिवस्तरीय संयुक्त जलस्रोत समिति जेसिडब्लूआरको बैठक भोलि बस्दैछ । भारतको राजधानी नयाँदिल्लीमा बस्ने जेसिडब्लूआरको बैठकले नेपाल–भारत संयुक्त स्थायी प्राविधिक समिति जेएसटिसीले गरेका निर्णय अनुमोदन गर्नेछ । करिब ६ वर्षपछि जेसिडब्लूआरको बैठक बस्न लागेको हो ।

जेसिडब्लुआरको बैठकमा नेपाली टोलीको नेतृत्व उर्जा सचिव दिनेश घिमिरेले गर्नुहुनेछ । यसअघि जेएसडब्लूआरको बैठक २०६९ माघमा काठमाडौंमा भएको थियो । २४ र २५ पुसमा नयाँदिल्लीमा भएको जेएसटिसिको बैठकले जलस्रोत, उर्जा, बाढी पूर्वानुमान, नदी नियन्त्रणलगायतका विषयमा छलफल गरेको थियो ।

बैठकमा महाकाली सन्धी अन्तर्गत टनकपुरदेखि नेपालतर्फको नहर संरचनासम्म जोड्ने सहायक नहर, सप्तकोशी उच्च बाँध बहुउद्देश्यीय आयोजना लगातमा विषयमा छलफल भएको बताइएको छ ।

नेपाल र भारतबीच महाकाली सन्धी भएको करीब २३ वर्ष बितिसक्दा पनि त्यसअन्तर्गत निर्माण हुनुपर्ने महाकाली सिचाईं आयोजना भारतले लिंक नहर समयमा निर्माण नगर्दा अझै पनि सञ्चालनमा आउन सकेको छैन । भारतले गएको भदौमा मात्र उक्त लिंक नहर निर्माणका लागि टेण्डर खोलेको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV