२६ पुष २०७५, बिहीबार

गलकोट । आगलागीमा परी मृत्यु भएका तीन बालबालिकाका परिवारलाई जिल्ला प्रशासन कार्यालयले राहत उपलब्ध गराएको छ ।  बागलुङ जिल्लाको ताराखोला गाउँपालिका–४ तारामा मङ्गलबार भएको साे अागलागीमा ३ जना बालबालिकाले ज्यान गुमाएा थिए ।

जिल्ला दैवी प्रकोप समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी वेदप्रसाद खरेलले मृतक बालबालिकाका अभिभावकलाई बुधबार जिल्ला प्रशासन कार्यालयका तर्फबाट जनही रु एक लाखका दरले रू तीनलाख र गोठधनीलाई रु आठ हजार राहत रकम प्रदान गरेका हुन् । उनले समाजमा हुनसक्ने यस्ता खालका घटना न्यूनीकरण गर्न बालबालिकालाई पनि सचेत गराउनुपर्ने बताए । 

साे घटनामा रुद्रबहादुर रोकाका ६ वर्षीय छाेरा रतिस रोका, डिलबहादुर घर्तीका ६ वर्षया छोरी ऋतु घर्ती र ४ वर्षीय छोरा आयुस घर्तीको मृत्यु भएको थियो । ती बालबालिका विद्यालयबाट छुटेर घर फर्कने क्रममा एक गोठको माथिल्लो तलामा गई आगो ताप्न लाग्दा आगलागी भएकाे थियाे । 

प्रतिक्रिया दिनुहोस्
LIVE TV