२६ पुष २०७५, बिहीबार

सिन्धुपाल्चोक । चारैतिर घना जंगल । जंगलकाबीचमा ८ वटा टहरा छन् । टहराक्षेत्रको बाहीरी घेरामा काँडेतारको बार लगाइएको छ, तारबार नाँघेर कोही पनि भित्र प्रवेश गर्न सक्दैनन् ।

रामबहादुर बमजनको बाँडेगाउँस्थित टोड्केभीरको आश्रममा पुग्दा पहिलोपटक पुग्ने जो कोहीको पनि मनले आत्तेस खान्छ । खोंचमा रहेको आश्रम कहिँकतैबाट देखिँदैन, जंगलबीचको यो खोंचमा हतपत मानिसहरु पुग्दैनन् ।

आश्रम आसपासका मानिसहरु नै यसवारे बेखवर जस्तै छन्, यहाँ हुने क्रियाकलाप र धन्दाबारे बाँडेगाउँवासीलई पत्तो छैन ।

आश्रमबाट १५ मिनेटको उकालो यात्रापछि पुगिने थलडाँडाका स्थानीयलाई पनि आश्रमबारे केहि जानकारी रहेनछ । आश्रममा प्रवेश निषेत्र नै गरिएपछि आश्रमभित्रका कृयाकलापबारे स्थानीयले कुनै चासो नै लिएनन् । यो खबर आजको नेपाल समाचारपत्रले छापेको छ ।

LIVE TV