२५ पुष २०७५, बुधबार
  • निमेन्द्र शाही

बाजुरा । बाजुराको बूढीनन्दा नगरपालिका –९ अगाउँपानी स्थित छाउगोठमा गए राती आगोले जलेर आमासहित दुई बालकको मृत्यु भएको छ । चिसोको बेला छाउँगोठमा ताप्नका लागि बालेको आगो निभाउन बिर्सिदा भएको आगलागीबाट आमासहित दुई बालकको मृत्यु भएको हो ।

मृत्यु हुनेमा ३५ वर्षीया आमा अम्बा बोहरा, उनका छोरा १२ वर्षीय सुरेश बोहरा र नौ वर्षीय रमित बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाटले जानकारी दिएका छन् । उनका अनुसार मृतकका आमा र दुई छोरासहित सुतिरहेको बेलामा राति आगोे सल्केर सिरकमा टाँसिएर आमा र दुई बालक मृतावस्थामा फेला परेको स्थानीयवासीले खबर दिएपछि इलाका प्रहरी कार्यालय कोल्टी र जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी घटनास्थल पुगेको थियो । मृतक बोहराका श्रीमान् विदेशमा नोकरीको लागि गएका छन् ।

एका विहानै छाउगोठमा तीन आमा छोराको मृत्यको खवरले आज बुढीनन्दा नगरपालिका सहित बाजुरा शोकाकुल बनेको छ । छाउगोठमा निश्वासीएर एकै परिवारका तीन जनाको ज्यान गएको हो। ‘पुष महिनाको कठ्याङिग्रदो जाडो छल्नका लागि बोहोराले गोठमा आगो बालेको र गोठमा भएको धुवाँ बाहिर जान नसकेपछि निश्वासीएर दुई छोरा सहित आमाको पनि मृत्यु भएको प्रारम्भीक अनुसन्धानबाट खुले छ।’ प्रहरी नायब उपरीक्षक भाटले बताए ।

‘गोठको सानो चुलोमा आगो बालीएको थियो र उनीहरुको खुट्टा तिरको भाग जलेको छ त्यसो प्रकृति हेर्दा निश्वासीएरै मृत्य’ भएको हुन सक्छ।’ स्थानिय महेश कार्कीले बताए ।
छाउँपडि प्रथा उन्मुलको नाममा जिल्लामा बषौ देखी गैर सरकरी संस्थाले करोडौ लगानी गरेका छन् तर पनि उपलब्धी भने शुन्य छ।

नागरिक अधिकारकर्मी सर्पलाल गिरीले भने ‘गत भदौ १ गते देखि लागु भएको मुलुकी देवानी संहिताले छाउपडि प्रथालाई दण्डनिय मानेको छ तर सरकारी तवरबाट छाउपडि जस्तो कु–प्रथाको अन्त्य गर्न प्रभावकारी कमद नचालिदा नागरिकको धारणापनि परिर्वतन हुन सकिरहेको छैन।’

प्रतिक्रिया दिनुहोस्
LIVE TV