२५ पुष २०७५, बुधबार

काठमाडौं । संसदीय समितिले सशस्त्र र नेपाल प्रहरीमा बढुवासहितका सेवा–सुविधाको अवसर तत्काल प्रदान गर्न सरकारलाई निर्देशन दिएको छ ।

संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिले सशस्त्र र नेपाल प्रहरीमा बढुवासहित वृत्ति–विकासको अवसर नरोक्न गृह मन्त्रालयलाई निर्देशन दिएको हो । सशस्त्र प्रहरी बलका उच्च अधिकारीले बढुवा रोकिएको भन्दै समितिमा गुनासो गरेका थिए ।

समितिले सशस्त्र प्रहरी बललाई थप प्रभावकारी बनाउने गरी नीति तय गर्न पनि सरकारलाई सचेत गराएको छ । बैठकमा गृहमन्त्री रामबहादुर थापाले ऐनका कारण केही समययता सशस्त्र प्रहरीमा बढुवा रोकिएको भन्दै कानूनी अबरोध हटाउने प्रयास भइरहेको जानकारी दिनुभएको थियो ।

मन्त्री थापाले सशस्त्रका सुरक्षाकर्मीलाई नेपाल प्रहरी र नेपाली सेनामा सरुवा गर्न मिल्ने÷नमिल्ने विषयमा बहस सुरु भएको उल्लेख गर्दै त्यसलाई पनि छिट्टै निष्कर्षमा पु¥याउने प्रतिवद्धता जनाउनु भयो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV