२५ पुष २०७५, बुधबार

रिदम सिंह,

बझाङ । जिल्ला प्रहरी कार्यलयको सक्रियतामा २ किलो ४८० ग्राम लागु औषध चरेस सहित एक जना प्रक्राउ परेका छन् । प्रक्रउ पर्नेमा कैलाली जिल्ला चुरे नगरपालिका वडा नम्बर ५ घर भएका २१ वर्षीय जयबहादुर धामी रहेको जिल्ला प्रहरी कार्यलले जनाएको छ ।

मंगलबार राति बझाङको बुंगल नगरपालिका वडा नम्बर ३ वीरपई सेरा विजगडामा रहेको अस्थायी प्रहरी विट विजगडाबाट प्रहरी नायब निरीक्षक नैन सिंह भाटको कमाण्डमा खटिएको प्रहरी टोलीले उनलाई प्रक्राउ गरेको हो ।

विट अगाडिको चेक पोष्टमा सवारी साधन चेक जाँच गर्ने क्रममा विजगडा बाट बगथला तर्फ जाँदै गरेको रोयल इन्फिइल्ड लेखिएको अन टेष्ट मोटसाईकल चेकजाँच गर्ने क्रममा मोटरसाईकल चालकले प्रहरीलाई धकटपकट गरी भागेको प्रहरी नायब उपरीक्षक प्रविण धितालले बताए ।

मोटर साईकलको पछाडि बसेका धामी र मोटर साइकल भने प्रहरीले नियन्त्रणमा लिन सफल भएको डीएसपी धितालले बताए । भाग्ने ब्यक्तिको खोजतलास भइरहको उनको भनाई छ । मोटराईकल पछाडि बसेका धामीले समातेको झोलाबाट हाते झोला एक थान, राहदानी एक थान, जय बहादुर धामीको नागरीकता प्रमाण पत्र १ थान, जय बहादुर धामीको नामको देशभत्त जनगणतान्त्रिक मोर्चा नेपालको रसिद र सिल्भर स्क्रीन फूटेको माबाइल एक थान फेला परेको प्रहरीले जनाएको छ । डीएसपी धितालका अनुसार बझाङ जिल्लामा चरेश धेरै उत्पादन हुने र यसको नियन्त्रणका लागि नयाँ कदम चालेको बताए ।

स्थानीय बासिन्दाले सही सुचना नदिने भएका कारण धेरै सिविलमा प्रहरी परिचालन गरी यस्ता अबैधानिक गतिविधि कम गर्न प्रहरी लागिपरेको उनले बताए । अहिलेसम्म १८ किलो, १ किलो र यो २ किलो ४८० ग्राम गरी जम्मा २१ किलो ४ सय ८० ग्राम चरेस प्रहरीकै सक्रियतामा समाप्त गर्न सफल भएको उनको दाबी छ ।

प्रहरीको कडाइपछि जुवा तास बन्द

बझाङ जिल्ला सदरमुकाम चैनपुरमा बिगत पाँच सात बर्षदेखि लुकिछिपी ब्याबसायिक रुपमा हुने गरेको जुवा तास अहिले बन्द भएको छ । प्रहरी प्रशासनले जिल्लामा हुने गरेको जुवा तास बन्दका लागि प्रहरी प्रशासनले कडाई नगरेको भन्ने ब्यापक जनगुनासो आएपछि प्रहरी कै सक्रियताका कारण अहिले जुवा यस्तो अबैध जुवातास बन्द भएको छ ।

बिगतका प्रहरी प्रमुखहरुले पनि एकाध स्थानमा जुवाडेहरु प्रकाउ गरेको भएपनि पछिल्लो पटक जिल्लामा सरुवा भएर आएका प्रहरी नायब उपरीक्षक प्रबिण धितालले जुवातास खेल लाई निर्मूल गर्नका लागि ब्यापक प्रहरी परिचालन गरेपछि सदरमुकाम चैनपुरमा हुने गरेको लाखौंको जुवातास अहिले बन्द भएको हो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV