२५ पुष २०७५, बुधबार

काठमाडौ । अभिनेत्री प्रियंका कार्की र अभिनेता अर्पण थापा स्टारर फिल्म ‘अनागत’ माघ ११ गते रिलिज हुने भएको छ । फिल्मको रिलिजको हुने मिति नजिकिदै गर्दा बुधबार प्रेस रिलिज गरी फिल्मको टिजर रिलिज गरिएको छ । उक्त टिजर मार्फत फिल्मको निर्माण टिमले फिल्मको प्रचार प्रसार गरिएको छ ।

फिल्मको छायांकन करीब २ वर्ष अगाडि नै सकिएको हो । माउन्टेन रिभर फिल्म्स र टाइनी बट बिग पिक्चर्सको ब्यानरमा फिल्म निर्माण गरिएको छ । फिल्मको टिजरमा श्रीमान् – श्रीमतीबीच घर व्यवहारमा उब्जिने समस्यालाई देखाइएको छ। प्रियंकाले ‘अनागत’ मा पनि अभिनेता अर्पणसँग अन्तरंग दृश्य दिएकी छन् । यसअघि फिल्म (कथा काठमाण्डूु )मा पनि अन्तरंग दृश्य दिएकी प्रियंकाले आलोचित भएकी थिइन् ।

फिल्मलाई साम्तेन भुटियाले निर्देशन गरेका हुन् । उनले निर्देशन गरेको फिल्मले निर्माता टिमलाई भने बचाएका छैनन् । यसै शन्दर्भमा रहेर ्एक पत्रकारले प्रेस रिलिजको क्रममा निर्देकलाई फिल्म के का लागि र बनाएका फिल्मले निर्माता टिमलाई डुबाउने हो भन्ने जस्ता प्रश्ना गरेका थिए । ती प्रश्नहरुको जवाफमा निर्देशकले निमार्न टिम आफ्नो आमा, बुवा , श्रीमति, गर्लफ्रेन्डको लगाएतका आफान्त नेतेदार नरहेको बताउँदै आफू एउटा मेसिन र बनाउने कार्य रहेकाे बताए । निर्देशकले फिल्मलाई बिगाउने काम निर्माता टिमको रहेको पनि निर्देशकले बताए ।

सस्पेन्स थ्रिलर जानरामा निर्माण भएको माउन्टेन रिभर फिल्म्स र टाइनी बट बिग पिक्चर्सको ब्यानरमा फिल्म निर्माण भएको हो । फिल्ममा समीर उपाध्याय, चन्द्र कुमार झा, स्व. निलु डोमा शेर्पा र निर्देशक भुटिया स्वयं निर्माता पनि रहेका छन् ।

चन्द्र कुमार झाको कथालाई प्रवचन श्रेष्ठ र भुटियाले पटकथाको स्वरूप दिएका छन् । फिल्मलाई सिसन बानियाँले खिचेका फिल्ममा अर्पण र प्रियंकासँगै प्रविण खतिवडा र रोशिन सुवेदीको मुख्य भूमिकामा छन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV