माघ एकदेखि न्युज २४ टेलिभिजनले ‘न्युज २४ हेल्पडेस्क’ सञ्चालनमा ल्याउने



प्रकाशित मिति : Jan 09, 2019

काठमाडौं । न्युज २४ टेलिभिजनले यही माघ एक गतेदेखि ‘न्युज २४ हेल्पडेस्क’ सञ्चालन गर्न लागेको सगर्ब जानकारी गराउँदछौं । २४ सै घण्टा सञ्चालनमा रहने ‘२४ हेल्पडेस्क’मा आम नेपाली जनताले आफूलाई परेको समस्या र प्रश्नहरु राख्न सक्नुहुनेछ । ती समस्याहरुको समाधानको लागि हामी तत्काल पहल थाल्ने प्रतिपद्धता पनि जाहेर गर्दछौं ।

यसै गरी २०७६ साल बैशाख ८ गते नेपाल ब्रोडकास्टिङ च्यानल अन्तर्गत न्युज २४ टेलिभिजनको स्थापनाको १० वर्ष पुग्ने जानकारी पनि गराउँदछौं ।

यसै अवसरमा न्युज २४ टेलिभिजनले मुलुकका सातै प्रदेशमा २४ हेल्पडेस्क स्थापना गर्ने पनि जानकारी गराउँदछौं । सबै प्रदेश अन्तर्गत रहनुभएका आम नेपाली जनताले आफ्नो गुनासो, समस्या र प्रश्नहरु सम्बन्धित प्रदेशका कार्यलयमा गएर राख्नसक्नुहुने छ ।

साथै ‘२४ हेल्पडेस्क’मा तपाईहरुले कुनै पनि घटना, दुर्घटना र सचारमाहरुको बारेमा पनि जानकारी गराउन सक्नुहुनेछ ।

यसका लागि आम नेपाली जनताबाट न्युज २४ टेलिभिजनले सहयोग र सुझावको अपेक्षा गरेको छ ।

Advertisements

प्रतिक्रिया दिनुहोस्



Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com