२५ पुष २०७५, बुधबार

काठमाडौं । प्राध्यापक डा. गोविन्द केसीले आफूसँग भएको सहमति तोडेर सरकारले धोका दिएको आरोप लगाएतका छन् ।

नेकपाको बहुमतका आधारमा संसदको शिक्षा तथा स्वास्थ्य समितिले चिकित्सा शिक्षा विधेयकको प्रतिवेदन पारित गर्नुलाई केसीले धोका भनेका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीकै कारण आफ्नो १६ औं अनसनका क्रममा भएका सहमति विपरीत सरकारले ऐन बनाउन लागेको केसीको आरोप छ ।

प्रधानमन्त्रीले इमान्दारिता नदेखाएको र दुई तिहाइको दुरुपयोग गरेको भन्दै केसीले माफिया र दलाल पोस्ने कानूनविरुद्ध थप संघर्ष गर्ने आजै चार बजेबाट अनसन बस्न लागेको जानकारी पनि दिए ।

केसीले इलाममा अनसन बस्ने तयारी गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV