२५ पुष २०७५, बुधबार

भक्तपुर । भक्तपुरमा गएराती भएको दुघर्टनामा एक जनाको मृत्यु भएको छ । चाँगुनारायण नगरपालिका–४ बस्ने २९ बर्षका मटरसाइकल चालक सहिद तामाङको मृत्यु भएको हो ।

महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार सृजनानगरबाट दुवाकोटतर्फ जादै गरेको बा.९४ प ७१७४ नं. को मोटरसाइकल दुर्घटना भएको हो । दुर्घटनामा घाइते भएका शेरबहादुर तामाङको डा.इवामुरा अस्पताल सल्लाघारीमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV