२५ पुष २०७५, बुधबार

नवलपरासी । पश्चिम नवलपरासीबाट बेपत्ता भएकी एक बालिकाको शव गण्डक नहरमा भेटिएको छ ।

१० दिनअघि बेपत्ता भएकी ती बालिकाको शव भेटिएको नवलपरासी प्रहरीले जनाएको हाे ।

सुस्ता गाउँपालिका–२ कुडियास्थित हरिजन टोलकी १५ वर्षीया गीता हरिजन गण्डक नहरको भारतीय क्षेत्रमा मृत फेला परेकी हुन् । उनी पुस १५ गतेदेखि हराइरहेकी थिइन् ।

उनको शव गण्डक पश्चिमी नहरको सुरजपूरा विद्युत् उत्पादनगृह नजिकै फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको छ । उनको शव परीक्षणका लागि पृथ्वीचन्द्र अस्पताल परासी पठाएको इलाका प्रहरी कार्यालय बेलाटारीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV