२५ पुष २०७५, बुधबार

नारायणपुर । उद्यमशील बहुउद्देश्यीय सहकारीले च्याउको बीउ उत्पादन गर्न थालेको छ । सो संस्थाले विगतका समयमा बगर खेती गर्ने गरेको थियो । बगर खेतीबाट सफलता पाएसँगै सहकारीले च्याउको बीउ उत्पादनमा थालेको व्यवस्थापक विश्वराज अधिकारीले बताएका छन् ।

अधिकारीले भने “वार्षिक २५ हजार पोका बीउ उत्पादन गरिरहेका छौँ,” उहाँले भन्नुभयो । “ क्षमताअनुसारको बीउ उत्पादन गर्न सकिएको छैन ।” सहकारीले उत्पादन गरेको बीउ दाङसहित बाँके, बर्दिया, प्यूठान, बुटवललगायत जिल्लामा बिक्री भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV