२५ पुष २०७५, बुधबार

काबुल । लागुऔषध ओसारपसार गर्ने २१ जनालाई अफगानिस्तानको एक अदालतले जेल जायको फैसला गरेको छ । उनिहरु छ महिना अघिबाट लागुऔसध ओसारपसार कार्यमा संलग्न भएको आरोप लागेको थियो ।

लागुऔषधसम्बन्धी मुद्दा हेर्ने एक अदालतले गत सात दिनदेखि चलाइएको १५ वटा लागुऔषधसम्बन्धी मुद्दामा २१ जनाको सहभागीता रहेको ठहर गरेको हो ।

मङ्गलबार जारी विज्ञप्तिमा दोषी ठहरिएका ती व्यक्तिहरूलाई ६ महिनादेखि छ वर्षसम्मको जेल सजाय तोकिएको उल्लेख छ । दोषी ठहरिएका व्यक्तिहरूबाट अफगानी प्रहरीले २५६ केजी हिरोइन, ३१ केजी अफिम, १०९ केजी गाँजा, र एक केजी मेटाफेटामिन बरामद गरेको पनि जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV