२५ पुष २०७५, बुधबार

सिन्धुपाल्चोक । सन्चलाल तामाङको हत्या रामबहादुर बम्जनको आश्रममा भएको हो वा होईन भन्ने बिषयको घटना अनुसन्धान गर्न सिन्धुपाल्चोक प्रहरीलाई जिम्मा दिईएको छ । पीडित परिवारले दिएको जाहेरी जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकमा दर्ता भएपछि अनुसन्धानको जिम्मेवारीसमेत उसैले पाएको हो ।

मकवानपुर हेटौँडा घर भएका सन्चलालका छोरा महेन्द्रले बम्जनको सिन्धुपाल्चोक आश्रममा बाबुको हत्या भएको भन्दै बुधबार जिल्ला प्रहरी कार्यालय मकवानपुरमा उजुरी दिएका थिए । यो समाचार आजको नागरिक दैनिकमा छ ।

LIVE TV