२४ पुष २०७५, मंगलवार

काठमाडौं । सांसदहरुले मेलम्ची खानेपानी आयोजनाको काम अवरुद्ध पार्नेलाई कडा कार्वाही गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

संघीय संसदको विकास तथा प्रविधि समितिको आजको बैठकमा सदस्यहरुले इटालियन ठेकेदार कम्पनी सीएमसीले आयोजना अलपत्र पार्नुको कारणबारे सरकारले स्पष्ट पार्नुपर्ने भन्दै केही न केही बहानामा काम रोकिने प्रबृत्ति पत्ता लगाउन संसदीय समिति नै गठनको माग गरेका हुन् । सांसद यज्ञराज सुनुवारले समिति गठनको माग गर्दा सांसद राजेन्द्र लिङदेनले सीएमसीलाई कडा कारबाही गर्न सरकारको ध्यानाकर्षण गराउनु भयो ।

बैठकमा अन्य सदस्यले राष्ट्रिय गौरवका आयोजनाको काम अघि बढाउन नसकेको भन्दै राष्ट्रिय सतर्कता केन्द्रको आलोचना गरेका थिए । सदस्यहरुको मागअनुसार समितिले केन्द्रलाई प्रभावकारी रुपमा काम अगाडि बढाउन निर्देशन दिएको छ । समितिले राष्ट्रिय गौरवका आयोजनाको गुणस्तर परीक्षणसम्बन्धि पछिल्लो प्राविधिक परीक्षण प्रतिवेदन यथाशिघ्र समितिमा बुझाउन पनि भनेको छ ।

LIVE TV