२४ पुष २०७५, मंगलवार

चितवन । चितवन मालपोत कार्यालय चितवनका लेखा अधिकृत रिठ्ठे दर्जी राजश्वको एक करोड ७१ लाख रुपैयाँ रकम हिनामिना गरेर फरार भएका छन् । मालपोत कार्यालय भरतपुरका प्रमुख लालकृष्ण शर्मा पौडेलका अनुसार मंसिर २५ गते देखी दर्जी सम्पर्क विहिन भएका छन् ।

आन्तरिक लेखा परीक्षणका क्रममा अघिल्लो आर्थीक वर्षमा २ करोड ७१ लाख हिनामिना देखिएको र उतm फाइल दर्जीले लुकाएर राखेका थिए । उतm रकम उनले प्रयोग गरेको खुलेपछि उनि सरकारी बाइक नै लिएर फरार भएका हुन । दर्जीले जग्गा रजिष्ट्रेशनको रकम बैंकमा दाखिला नगरी आफैंले प्रयोग गरेको कार्यालयले जनाएको छ । मालपोत कार्यालय भरतपुरमा दैनिक दुई लाख ५० हजार रकम राजश्व स्वरुप उठ्ने गर्दछ ।

मंसिर ६ गते महालेखाले रकम दाखिलाको पत्र पठाएपछि सोही दिन मालपोत कार्यालयले दर्जीको नाममा एक हप्ताभित्र रकम दाखिला गर्न पत्र काटेको थियो । सो मितिमा पनि उनले पैसा दाखिला गर्न नसकेपछि उनि फरार भएको छन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV