२४ पुष २०७५, मंगलवार

इलाम । इलामको प्रमुख पर्यटकीय स्थल श्रीअन्तुमा पर्यटकको चाप बढेको छ । इलाम पुग्ने अधिकांस पर्यटक श्रीअन्तु पुग्छन् नै । धेरै होटल, रेष्टुरेन्ट नभए पनि त्यहाँ पुग्ने अधिकांश पर्यटक ‘होमस्टे’मा रमाउँछन् । श्रीअन्तुका ४५ घरमा ‘होमस्टे’को सुविधा छ ।

उदाउँदो र अस्ताउँदो सूर्यको दृश्यावलोकन, अन्तु पोखरीमा डुंगा सयर र मनमोहक चियाबारी श्रीअन्तुको विशेषता हो । अन्तुमा दैनिक ५/६ सय पर्यटक पुग्छन् । शनिबार तथा विदाको दिन पर्यटकको चाप बढि हुन्छ । श्री अन्तुको अर्को आकर्षण हो–‘होमस्टे’ । यहाँका ४५ घरमा ‘होमस्टे’को सुविधा छ ।

रात बिताउने अधिकांशको रोजाइ ‘होमस्टे’ नै हुन्छ । स्थानीय परिकारको स्वाद र न्यानो आतिथ्य सत्कारले मात्र होइन तुलनात्मक रुपमा सस्तो रहेकाले पनि पर्यटक ‘होमस्टे’मै बस्न रुचाउँछन् । पारिवारिक सदस्यझैं खान/बस्न पाइन्छ ।

आफैंमा सुन्दर इलाम भित्रको मुख्य पर्यटकीय गन्तब्य हो– श्रीअन्तु । इलामका सवै ठाउँ घुमेर पनि श्रीअन्तु नपुगे यात्रा अपुरो हुने पर्यटकको अनुभव छ । श्रीअन्तुमा दसैं लगत्तै पर्यटकको आवत–जावत बाक्लिन थाल्छ । स्थानीयका अनुसार यो सिजन तुलनात्मकरुपमा राम्रो हो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV