२४ पुष २०७५, मंगलवार
  • सुवाष लामिछाने

पर्वत । कुनै समय पर्वत महाशिला गाउँपालिका –५ काउलेका स्थानीय तरकारी किन्न एक घण्टा लगाएर लुङखु बजार पुग्थे । तर, तिनै स्थानीय अहिले तरकारीमा आत्मनिर्भर मात्र होइन निकासी गर्ने क्षमतामा पुगेका छन् । आलु रोपेर सुरु गरिएको परीक्षण खेतीले अहिले गाउ“पालिकाकै पहिचान फेरेको छ ।

यो पर्वतको महाशिला गाउँपालिकाको काउले गाउ“ । गाउँमाथिको डा“डबाट तलतिर हेर्दा बस्तीनै सेताम्ये देखिन्छ । यो गाउँका प्रायः सबै परिवार केही वर्ष अघिसम्म तरकारी किन्नुपर्ने बाध्यतामा थिए । तर, अहिले ३७ परिवार रहेको यो बस्तीका तरकारी खेती नगर्ने सायदै छन् । गुमाकुमारी शर्माले २२ वर्षअघि माइतीबाट खान ल्याएको आलु रोपेर सुरु गरेको परीक्षण खेतीले अहिले स्थानीयलाई आत्मनिर्भर मात्रै बनाएको छैन, गाउँको परिचय नै फेरेको छ । हरेक परिवारले वर्षमा कम्तिमा २ लाखको तरकारी बेच्छन् ।

साविकका ६ वटा गाउ“ विकास समिति समेटिएको महाशिला गाउ“पालिका खानेपानीको समेत अभाव हुने स्थानीय तहमा पर्छ । तर, समुद्र सतहदेखि १ हजार ५ सय ५० मिटर उचाईमा रहेको यो गाउ“मा भने पानीको राम्रो स्रोत छ । जसका कारण तरकारी खेती फस्टाएको हो । किसान तरकारीमा रासायनिक मल र बिषादी प्रयोग गर्दैनन ।

महाशिला गाउँपालिकाले यो बस्तीलाई अर्गानिक कृषि पर्यटकीय गाउ“को रुपमा विकास गर्दैछ । चालु आर्थिक वर्षमा ‘एक घर–एक टनेल’ कार्यक्रम ल्याएको गाउँपालिकाले किसानलाई ३ सय ‘टनेल’ वितरण गरिसकेको छ । पाँच नम्बर वडाका सबै ७ सय २३ घरधुरीमा ‘टनेल’ पु¥याउने लक्ष्य छ ।

उत्पादन राम्रो भएपनि केही अघिसम्म विक्रि नभएर तरकारी फाल्नुपर्ने बाध्यता थियो । तर, सडकको सुविधा पुगेपछि यहा“को तरकारी देउराली, हुवास, वालिङ, स्याङ्जा र पोखरासम्म पुग्छ । अर्गानिक भएका कारण यहाँको तरकारीको माग पनि बढि छ ।

LIVE TV