२४ पुष २०७५, मंगलवार

एजेन्सी | चिनियाँ राष्ट्रपति सी जिनपिङको निमन्त्रणमा उत्तर कोरियाली नेता किम जोङ–उन यतिवेला चीन भ्रमणमा छन् ।

उत्तर कोरियाली नेता उनको चीन भ्रमणबारे त्यहाँका सञ्चारमाध्यामहरुले पुष्टि गरेका छन् । उन आफ्नी पत्नि रि सोल–जु जनवरी १० सम्म चीनमा रहनेछन् ।

उनको भ्रमण अमेरिका र उत्तर कोरियाबीच हुने दोस्रो शिखर वार्ता तयारीको पूर्वसन्ध्यामा भएको हो ।

यसअघि गत जुनमा अमेरिकी राष्ट्रपतिसँग पहिलो शिखर वार्ता भएको थियो । त्यस अघि पनि उन चीन पुगेका थिए । यसपटक पनि उन आफ्नै बख्तरबन्द रेलबाट हिजो चीन पुगेको चिनियाँ तथा उत्तर कोरियाली सञ्चारमाध्यामहरुले जनाएका छन् ।

चीन उत्तर कोरियाका लागि कुटनीतिक मित्र शक्ति तथा व्यापार र अन्य सहायताको श्रोत मानिन्छ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV