२४ पुष २०७५, मंगलवार

काठमाडाैँ । एफए कप फुटबलको तेस्रो चरणबाट लिभरपुल बाहिरिएको छ । वोल्भ्ससँग स्तब्ध हुँदै लिभरपुल एफए कपबाट बाहिरिएको हो ।

कमजोर मानिएको वोल्भ्ससँग लिभरपुलले खराब प्रदर्शन गर्दै २–१ गोलअन्तरले पराजित भयो । लिभरपुल तेस्रो चरणबाट बाहिरिदा वोल्भ्स भने चौथो चरणमा प्रवेश गरेको छ । वोल्भ्सको जितमा राउल जिमेनेज र रुबेन नेभेसले गोल गरे ।

लिभरपुलका लागि डिभोक ओरिगीले गोल गरेका थिए । खेलको ३८औं मिनेटमा जिमेनेजले गोल गर्दै वोल्भ्सलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा एक गोलले अघि रहेको वोल्भ्सले दोस्रो हाफमा एक गोल गर्न सफल भयो । तर एक गोल खाएको थियो ।

खेलको ५१औं मिनेटमा ओरिगीले गोल गर्दै लिभरपुललाई १–१ गोलको बराबरीमा पुर्याएका थिए । तर त्यसको चार मिनेटपछि नै वोल्भ्सले अर्को गोल थप्दै जित हात पार्यो । यो पटक भने नेभेसले गोल गरेका थिए ।

LIVE TV