२३ पुष २०७५, सोमबार

काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) यतिवेला बेवारिसे बिरामीको व्यवस्थापन गर्न नसक्दा समस्यामा परेको छ ।

न्याम्स मातहत सञ्चालित राष्ट्रिय ट्रमा सेन्टर र वीर अस्पतालमा उपचाररत बेवारिसे बिरामी उपचारपछि पनि अस्पतालमै बसिरहने गर्दा समस्या उत्पन्न भएको हो । बढी बेवारिसे बिरामीको उपचार गर्ने वीर र ट्रमा सेन्टरमा महिनामा १० देखी १५ जना नयाँ बिबरिसे बिरामी आउने गरेका छन् । तर, उपचार सकिएको तीन महिनासम्म पनि अस्पतालमै बस्ने हुँदा अन्य बिरामीलाई शैया अभाव हुने गरेको अस्पतालको गुनासो छ ।

स्वास्थ्य मन्त्रालयले समेत बेवारिसे बिरामीको व्यवस्थापन गर्न अस्पताललाई निर्देशन दिएपनि वैकल्पिक उपाय नहुँदा सरकारी अस्पताल समस्यामा पर्ने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV