२३ पुष २०७५, सोमबार

बाँके । कोहलपुरमा बाघको छालासहित दु्ई जना पक्राउमा परेका छन् । उनीहरुलाई प्रहरीले सोमबार पक्राउ गरेको हो।

इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रमेशबहादुर सिंहकान अनुसार कोहलपुरको बसपार्कबाट दैलेखका ३६ वर्षीय कमल खत्री र कञ्चनपुरका २१ वर्षीय हरि ढकाललाई बाघको छालासहित पक्राउ गरिएको छ ।

नेपाल प्रहरीको प्रदेश नं ५ अनुसन्धान ब्यूरो र इप्रकाबाट खटिएको टोलीले एक थान बाघको छाला र हड्डीसमेत बरामद गरेको उनले बताए। उनीहरुबाट बरामद गरेको छाला र हड्डी बाँके राष्ट्रिय निकुञ्जमा बुझाइएको प्रहरीले जनाए ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV