२३ पुष २०७५, सोमबार

रामहरि श्रेष्ठ,

ओखलढुुंगा । ओखलढुुंगाको मानेभज्याङ गाउँपालका ४ केत्तुकेका दमुना तामाङ बाह्रै महिना सडकमा भेटिन्छन् । उनी बर्खा होस् या चर्को घाम सधै सडक सफा गरिरहेकी हुन्छिन् । बिहान ८ बजे हातमा झाडु बोकेर सडकमा निस्किएपछि बेलुका ५ बजेसम्म तामाङ सडकमै भेटिन्छिन् ।

सिद्धिचरण राजमार्ग अन्तरगत केत्तुके खण्डको तीन किलोमीटर बाटो दैनिक उनको भागमा सफा गर्ने जिम्मामा छ । सडक बिभागबाट मामिक १६ हजार रुपौया ज्यालादारीमा उनले काम गर्दै आएकी छिन् ।
चार छोराछोरीकी आमा दमुना घरब्यवहार बुहारीलाई छोडेर आफू काममा निस्किन्छिन् ।

उनि भन्छिन् ‘घरब्यवहार चलाउनै प¥यो काम नगरी हुन्न’ । श्रीमान् नभएपछि घरव्यवहार चलाउन उनि पहिलैदेखि ज्यामी काम गर्दथे । तर पछिल्लो दुई बर्षदेखि उनी ज्यामी काम छाडेर सडक बिभाग मार्फत सडक सफाईमा लागेकी हुन् । ‘सडक सफा गरेरै एउटी छोरी र एउटा छोराको बिहे गरिदिए’ उनले भने ।

‘एउटा छोरा सदरमुकाममा पढ्दैछ अर्को छोरी यही कक्षा नौ मा पढ्दैछ ।’ उनले जीवनमा धेरै संघर्ष गरेको सुनाउदै सिलियल हेरेर दिन बिताउनु भन्दा काम गर्नु उचित भएको बताइन् । ‘दिनभरी बसेर समय खेर फाल्नु भन्दा काम गरी आत्मानिर्भर बनियो भने कसैको गाली खानु पर्दैन ।’

उनले अब बानी परिसकेकाले काम नगरी बस्न गाह्रो हुने समेत बताए । त्यस्तै सिद्धिचरण नगरपालिका १२ का सबिता बस्नेतले पनि २४ बर्षदेखि होटल चलाउदै आएकी छिन् ।

चारैतिरबाट जस्ताले बारेको सानो कोठभित्र दैनिक खाना, खाजा तथा चिया नास्ता पाक्ने गरेको छ । मनिश होटल नाम दिई सञ्चालन गरेको होटलबाटै उनको जिवन चल्दै आएको छ । तीन जना छोराछोरीकी आमा सबिता १३ बर्षदेखि श्रिश्रीमानले छोडेपछि एक्लै बस्दै आएकी छिन् ।

उनले होटल मार्फत नै एउटा छोरालाई काठमाडौंमा पढाईरहेकी छिन् । ‘खासै हिसाब किताब त राख्दिनन् तर पनि घरव्यवहार चलाउन र छोराछोरी पढाउन पुगिराखेको छ ।’ मान्छेले काम गरी खान साथले भन्दा आँटले लाग्नुपर्ने बताउदै उनले कामलाई सानो ठुलो भन्न नहुने बताउछन् ।

यी त एक प्रतिनिधि उदाहरण मात्रै हुन् । जिल्लामा यस्ता धेरै महिलाहरु एक्लै भएपनि घरपरिवारका लागि पुरुष बनेर उभिएका छन् । उमेर छदै श्रीमान् बितेपछि घरको जिम्मेवारी आफुले नै संहालेर अघि बढ्ने महिलाहरु समाजमा प्रसस्त भेटिन्छन् ।

यी महिलाहरुलाई समाजले हेर्ने दृष्टिकोणमा भने फरक हुने गरेको छ । एकल महिलाहरुलाई समाजले बिचराको नजरले हेर्ने गरेको भएपनि उनिहरुको आँट र साहस भने पुरुष भन्दा कम छैन । यसले समाजमा गतिलो उदाहरण पेश गरेको छ भने आर्थिक सशक्तिकरणमा समेत टेवा पु¥याएको छ ।

सिद्धिचरण नगरपालिकाका उपप्रमुख ईच्छाकुमारी गुरुङले एकल महिलाको जिम्मेवारीलाई सम्मान गर्नुपर्ने बताउँदै उनीहरुलाई नगरपालिकाले थप सहयोग गर्नुपर्ने बताए । एकलै रहेरपनि परिवारको जिम्मेवारी राम्रोसँग बहन गरेकाले उनीहरुलाई थप प्रोत्साहान गर्नुपर्ने बताए ।

उपप्रमुख गुरुङले एकल महिला लक्षिण नगरपालिकाले कुनै रणनीति नबनाएको भएपनि आगामी दिनमा त्यसलाई समेट्ने समेत बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV