२३ पुष २०७५, सोमबार

काठमाडौं, २३ पुष । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार संसदमा उल्लेख गरेको तथ्यांक सही भएको दावी गर्नुभएको छ । काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले हिजो संसदमा प्रस्तुत गरेको आर्थिक परिसूचक काल्पनिक नभएर वास्तविक भएको दोहो¥याउनु् भएको हो ।

संसदमा प्रस्तुत गरेको तथ्यांकमाथि टिका टिप्पणी हुन थालेपछि प्रधानमन्त्री ओलीले तथ्यांकमा असहमति जनाउने आधार नभएको प्रष्ट पार्नुभयो ।

तथ्यांकमा खेलेको नभइ नयाँ तथ्यांक बनाएको प्रधानमन्त्री ओलीको भनाइ थियो । तर, प्रधानमन्त्री ओलीले हिजो संसदमा ३४ प्रतिशत आयात बढेको तथ्यांक लुकाएर १२ प्रतिशत निर्यात बृद्धि भएको बताउनुभएको थियो ।

यस्तै, उहाँले चालु आर्थिक बर्षको पाँच महिनामा ३२ प्रतिशतले राजस्व संकलनमा बृद्धि भएको, पूँजीगत खर्चको बृद्धिदर २५ दशमलव ३३ प्रतिशतमा झरेको र सरकारी खर्चसमेत ३४ प्रतिशतबाट १४ प्रतिशतमा झरेको तथ्यांक संसदमा सम्बोधनका क्रममा राख्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV