पाकिस्तानी राजदूतावासद्वारा विद्यालयलाई १६ थान कम्युटर



प्रकाशित मिति : Jan 07, 2019

चितवन । नेपालस्थित पाकिस्तानी राजदूतावासले भरतपुरका एक विद्यालयलाई सहयोग गरेको छ । राजदूतावासले विद्यालयलाई १६ थान कम्युटर र प्रयोगशाला व्यवस्थापनका लागि आवश्यक सामग्री उपलब्ध गरेको हो ।

भरतपुरको नारायणी विद्यामन्दिर माध्यामिक विद्यालय शिवनगरलाई उक्त सामग्री सोसबार एक कार्यक्रममा हस्तान्तरण गरिएको छ । नेपालका लागि पाकिस्तानी राजदूत डा मजार जाबेदले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गुणराज पाठकलाई कम्प्युटर हस्तान्तरण गरे । राजदूत जाबेद र भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले राजदूतावासले व्यवस्थित गरिदिएको प्रयोगशालाको उद्घाटन गरेका थिए । राजदूत जाबेदले नेपाल र पाकिस्तानबीच भावनात्मक र भातृत्वको सम्बन्ध रहेको बताए ।

राजदूतावासले हरेक वर्ष नेपाली विद्यार्थीलाई रु १० हजार बराबरको छात्रवृत्ति उपलब्ध गराउँदै आएको पनि उनले बताए । सो अवसरमा महानगरपालिका प्रमुख दाहालले दुई देशबीच घनिष्ट सम्बन्ध कायम रहेको भन्दै भौतिक, प्राविधिक र शिक्षाको क्षेत्रमा पाकिस्तानले पु¥याएको सहयोगप्रति आभार प्रकट गरे ।


प्रतिक्रिया दिनुहोस्


Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com