२३ पुष २०७५, सोमबार

काठमाडौं । सञ्चाकर्मी रवि लामिछानेले आगामी दिनमा आफ्नो ब्यक्तिगत विषयमा कहिल्यै नबोल्ने र कुनै जवाफ नफर्काउने बताएका छन् । न्युज २४ टेलिभिजनको विशेष कार्यक्रम ‘सीधाकुरा जनतासँग’को प्रस्तोता लामिछानेले फेसबुकमा स्टाटस लेख्दै अघिल्लो पोष्ट हटाउँदै आगामी दिनहरुमा आफ्नो ब्यक्तिगत विषयमा कहिल्यै नबोल्ने र कुनै पनि जवाफ नफर्काउने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

यसका साथै आफूले कुनै अनैतिक वा गैर कानुनी काम गरेको पाइएमा कडा भन्दा कडा सजाय दिन पनि आग्रह गर्दै रविले स्टाटसमा लेखेका छन्, ‘मैले गरेको पुरानो गल्ती स्वीकारेकै छु । अरु मनगढन्ते बेइमानी र शंकाका आधारमा खडा भएका पात्रहरुको खोजी गर्दिन । म कुनै पुरानो सम्बन्धहरुमा अल्झिएको छैन, न कसैलाई अल्झाएकै छु । म कानुनीरुपमा जिम्मेवार एकल पुरुष हुँ ।’

सञ्चारकर्मी रविले आफूमाथि कुनै पनि पुराना सम्बन्धको नैतिक वा कानुनी जिम्मेवारी नभएको पनि आफ्नो फेसबुक स्टाटसमा खुलस्त पारेका छन् । त्यस्तै विश्वका कुनै पनि अदालतमा आफूमाथि अहिलेसम्म कुनै पनि अभियोगमा मुद्धासमेत नरहेको जनाएका छन् ।

मानिस परिस्थितिको दास हुनै पर्ने र समय शीर्षक र पात्र मात्र फरक हुने बताउँदै सञ्चारकर्मी रविले स्टाटसमा लेखेका छन्, ‘मलाई आदर्श, नैतिकता, जिम्मेवार, सामाजिक उत्तरदायित्व, महिला एवं पुरुष हक, असल अभिभावकत्व, विश्वास, माया, धोका, सही ग¥यो, गलत ग¥यो, स्तरमा बस्यो, स्तर गिरायो, बोल्नु पथ्र्यो, बोल्नै नहुने, यो बाँकी छ, यो सक्कियो लगायतका यावत पाठ पढाइसक्नु भएका, पढाइरहेका र पढाउन बाँकी रहेका महानुभावहरुप्रति आभार व्यक्त गर्दै अत्यन्त निजी जीवनको यो विषय यही टुङ्ग्याउँछु ।’

सबैको अलोचनाहरुलाई आफूले अभिमानी भएर होइन, आत्मविश्वासी भएर एक असल पाठ सम्झी ग्रहण गरेको पनि बताउँदै लेखेका छन्, ‘दोष जसलाई लागेपनि भोगाई बदलिने होइन । मुश्किलको यो घडीमा साथ, हौसला प्रदान गर्नुहुने सबैलाई शीर निहुराएरै आभार प्रकट गर्दछु । साथै आफन्त, परिवारप्रति मेरो कारण पर्न गएको चोटप्रति क्षमा याचना समेत गर्दछु । आफ्नो तर्फबाट यो विषय सदाका लागि टुङ्ग्याउँछु ।’

प्रतिक्रिया दिनुहोस्

LIVE TV