२३ पुष २०७५, सोमबार

डोटी। हिमपातका कारण डोटीसहित र अछाम लगाएतको ठाउँहरुमा विद्युत सेवा अवरुद्ध भएको छ । गएरातिदेखि परेको हिमपातका कारण उक्त क्षत्रहरुमा विद्युत सेवा अवरुद्ध भएको हो ।

आइतबार रातिदेखि डोटीका उच्च लेकाली क्षेत्रमा बाक्लो हिमपात भएको छ । बाक्लो हिमपातले विद्युत सेवा अवरुद्ध भएको हुँदा विद्युत सेवा सञ्चालनका लागि दिपायलबाट टोली खटिएकाे दिपायलस्थित विद्युत् सवस्टेसनका प्रमुख भोजबहादुर स्वाँरले जानकारी दिएका छन् । अहिलेसम्म अवरुद्ध भएको ठाउँ पत्ता लगाउन नसकिएको उनले बताए । हिमपातले विद्युत्का तार ढाकेकाेले अबरुद्ध भएको ठाउँ पत्ता लागउ नै नसकेकाे  उनी बताउँछन् ।

हिमपातका कारण त्यहाँका बासिन्दाको जनजीवन प्रभावित भएको छ । खप्तड, गोलादेउ, नापानी, चर्केको लेकलगायत ठाउँमा बाक्लो हिमपात भएको स्थानीय बासिन्दाले जनाए । अत्तरिया स्याउले जोड्ने भिमदत्तपन्त राजमार्गमा पनि हिमपात भएका कारण सवारी साधन आवतजावतमा समस्या भएको बुडरस्थित अस्थायी ट्राफिक प्रहरी पोष्टले जनाए ।

जिल्लाका उच्च लेकाली क्षेत्रमा अहिले पनि हिमपात भइरहेको छ । हिमपातका कारण स्थानीय बासिन्दा घर बाहिर निस्किन सकेका छैनन् भने गाईबस्तुसमेत गोठभित्रै थुनिएको स्थानीय बताउँछन्।

प्रतिक्रिया दिनुहोस्

LIVE TV