२३ पुष २०७५, सोमबार

प्रकाश सिग्देल

चितवन, २३ पुष । चितवन महोत्सव परिसरमा फर्न पार्क निमार्णका लागि नियम र प्रक्रिया बिना ठेकेदारलाई सुम्पिएको भन्दै चितवनका ब्यवसायीहरु अदालत जाने तयारी थालेका छन् ।

फन पार्क सन्चालनका लागि टेण्डर आव्हान गर्दा सार्वजनिक खरिद ऐनलाई ध्यानै नदिई न्युनतम रकम समेत उल्यख नगरि टेण्डर आवहान गरिएको र त्यसमा पनि नेपाली ब्यवसायीलाई सहभागितानै जनाउन नदिने गरी पदाधिकारीले चलखेल गरी भारतीय नागरिकलाई सुम्पिएकोले आफुहरु अदालत जाने तयारी थालेको चितवनमा सञ्चालनको क्रममा रहेको जेम्स फन पार्क चितवनका अध्यक्ष महेश तिवारीले बताउनु भयो ।

आफुहरुले आयोजक संस्था भरतपुर महानगर र उद्योग बाणिज्य संघ चितवनलाई समेत निबेदन पेश गरिसकेको र अव अदालत जाने तयारी गरेको उहाँको भनाइ छ ।
नेपाली उद्योगीलाई प्रवद्र्धन गरी आफना ब्यवसायीलाई संरक्षण गर्नुको साटो नेपाली भूमिमा भारतीय नागरिक अर्जुन चौधरीलाई ल्याएर कमिसन खान पाउने निहुँमा रजाई गर्न दिनु निकै दुःखद भएको उहाँ बताउनु हुन्छ ।

२४ दिन अगाडि मुल आयोजक समितिका संयोजक सहनलाल प्रधान सह संयोजक चुन नारायण श्रेष्ठसंग बसेर आफुहरुले पनि काम गर्न सक्ने भनेर छलफल गर्दा उनीहरुले ठेक्का दिईसकेको भनेर आफुहरुलाई सहभागिता जनाउने अवसर समेत नदिएको भन्दै आक्रोश व्यक्त गर्नुभयो । उहाले भन्नु भयो ‘उहीबेला आफुहरुलाई ठेक्का दिईसक्यौ भनेका उनीहरुले अहिले सम्म पनि सम्झौता गरेका रहेनछन् ।

त्यो पनि ठेक्का पारेको कम्पनीलाई नदिई उही पुरानै भारतीय नागरिकलाई दिएका रहेछन् यो हदै सम्मको लापरवाही हो अव हामी यस्तो हेपाह प्रबृति सहेर बस्दैनौ अदालत जान्छौ ।’ उहाँले आफुहरु पटक पटक यो बिषयमा छलफल गर्न जादा सहसंयोजक चुननारायण श्रेष्ठले आफुहरुको कुरालाई कुनै सुनुवाई नगरी ठाउँ छैन् कति पैसा दिन सक्छौ भन्दै आफुहरुलाई गिराएको बताउनु भयो ।

आफनै ठाउँको महोत्सवमा आफनै युवा व्यवसायीमाथिको यो हेपाह प्रबृति र भारतीयलाई गरिएको यो सम्मान आफुहरुलाई कुनै हालतमा पनि पाच्य नहुने र नीति नियम बिधि बिधान बिपरीत भएको फनपार्क निमार्ण रोक्नु पर्ने उहाँको भनाइ छ ।

निवर्तमान अध्यक्ष राजन गौतमले पनि बिधि विधान बिपरित फर्न पार्क निर्माण भएको भन्दै बिरोध जनाउनु भएको छ । टेण्डर आव्हान गर्दा सामान्य नियम पनि ख्याल नगरि जसरी पनि उही चौधरीलाई दिन चलखेल गरी काम भएको ब्यवसायीहरुले तर्क गरेका छन् । तर अध्यक्ष सहन प्रधान भने प्रक्रिया पूरा गरि फर्न पार्कको जिम्मा दिएको जिकिर गर्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV