२३ पुष २०७५, सोमबार

पुर्चौंडी, बैतडी । यहाँको पुर्चौंडी नगरपालिका– ३, नाकालीस्थित श्री विणेश्वर माध्यमिक विद्यालयले आफ्नो स्थापनाको ४० औं वार्षिकोत्सव मनाएको छ । यही पुष २१ गते विद्यालयको स्थापना दिवसकाे अवसरमा विविध कार्यक्रम गरी वार्षिकोत्सव मनाइएको हो ।

पुर्चौंडी नगरपालिकाका उपप्रमुख जानकी ऐर बमको प्रमुख आतिथ्य तथा इलाका प्रशासन कार्यालय, पुर्चौंडीका प्रमुख प्रशासकीय अधिकृत जयबहादुर कुँवरको विशिष्ट आतिथ्यमा वार्षिकोत्सव समारोह सम्पन्न भएको हो ।

वार्षिकाेत्सव समाराेहका विशिष्ट व्यक्ति

उपप्रमुख बमले विद्यालयले आफ्नो ४० औँ वार्षिकोत्सव मनाउनु सुखद रहेको भन्दै विद्यालयको स्तरोन्नति गर्न तथा आर्थिक समस्या समाधानका लागि आफूले सक्दो सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाउनुभयो ।

विद्यालय लामो समयसम्म भौतिक स्तरोन्नतिबाट वञ्चित हुनु परेको भए पनि हाल स्तरोन्नतिका कामहरु भइरहेको विद्यालयका प्रअ देवदत्त पन्तले बताउनुभयो । सो समारोहमा प्रअ पन्तले वर्षभरिको आम्दानी तथा खर्चको विवरण पेश गर्नुभयो । वार्षिक झण्डै २५ लाख ८० हजार निजी स्रोतका शिक्षकको तलब–भत्ताका लागि दिनुपर्ने देखिएको उहाँले जानकारी दिनुभयो ।

विद्यालय भवन तथा चाैर

वार्षिकोत्सवका अवसरमा गत वर्षझैँ विविध अतिरिक्त क्रियाकलाप गरिएको थियो । जसमा उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार वितरण गरियो । साथै गत शैक्षिक शत्रमा उत्कृष्ट नतिजा ल्याई स्कुल–टप तथा कक्षामा प्रथम, दोस्रो, तेस्रो हुने विद्यार्थीहरुलाई समेत प्रोत्साहनस्वरुप पुरस्कार प्रदान गरियो ।

सम्मान ग्रहण गर्दै इलाका प्रशासन प्रमुख जयबहादुर कुँवर

विद्यालयको स्तरोन्नति तथा सुधारका लागि आ–आफ्नो क्षेत्रबाट विशेष सहयोग पुर्याउनुहुने इलाका प्रशासन प्रमुख जयबहादुर कुँवर, भूपू शिक्षकद्वय परमानन्द अवस्थी र गणेशबहादुर बम, भूपू विद्यालय व्यवस्थापन समिति सदस्य बिरे लुहार तथा मानमती कुँवरलाई सम्मापत्रका साथ दोसल्ला ओढाई सम्मान गरिएको थियो ।

वार्षिकोत्सवका अवसरमा स्थानीय बुद्धिजीवी, समाजसेवी तथा अभिभावक वर्गबाट स्वेच्छिक चन्दास्वरुप रु ५५ हजारभन्दा बढी रकम संकलन भएको विद्यालयका शिक्षक दुर्गादत्त पन्तले जानकारी दिनुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दीपकबहादुर कुवँरको सभापतित्वमा सम्पन्न सो समारोहमा विद्यार्थीहरुले आफ्नो सांस्कृतिक प्रस्तुति समेत दिएको शिक्षक वीरेन्द्र कुँवरले जानकारी दिनुभयो ।

फाइल तस्वीर

सुरुमा प्राविको रुपमा विं सं. २०३५ सालमा स्थापना भएको यो विद्यालय लामो समयसम्म स्तरोन्नतिबाट वञ्चित थियो । पछि स्थानीय बुद्धिजीवी, अभिभावक, राजनीतिक व्यक्तिहरुको सक्रियतामा मावि तहकाे पढाइ सञ्चालन गरिएकाे थियाे ।

नजिकैकाे श्री विणेश्वर महादेवकाे मन्दिर अवलाेकनका क्रममा शिक्षक तथा विद्यार्थी
चहुरमा हाजिरीजवाफ क्रियाकलाप गरिँदै
Image may contain: 1 person, outdoor and nature
चहुरमा परीक्षा सञ्चालन गरिँदै

प्रस्तुति : राजेन्द्र तारकिणी/न्युज २४

प्रतिक्रिया दिनुहोस्

LIVE TV