२३ पुष २०७५, सोमबार

काठमाडौं, २३ पुष । नेपाली काँग्रेसका नेता दीलेन्द्रप्रसाद बडुले वर्तमान सरकार सञ्चालनमा निरंकुश, स्वेच्छाचारी र अधिनायकवादको लक्षण देखिएको आरोप लगाउनु भएको छ ।

उहाँले भन्नुभयो,‘यो संविधानले शक्ति पृथकीकरणको सिद्धान्तलाई अंगीकार गरेको छ । तर, यी सबै सिद्धान्तमाथि प्रधानमन्त्रीबाट आक्रमण भैरहेको छ । संसद भनेको सरकारलाई उत्तरदायी बनाउने संस्था हो । तर, हिजो सदनमा सांसदहरुलाई प्रश्न गर्नसमेत दिईएन् । हामी सबैले मिलेर बनाएको प्रतिनिधिसभा नियामावली–२०७५ को नियम २१९ उपनियम (१) बमोजिम प्रधानमन्त्रीले बोल्नुभएको हो । नियम २१९ को उपनियम (२) बमोजिम प्रधानमन्त्रीको वक्तव्यमा आधारित भएर प्रश्न सोध्न पाउने व्यवस्था छ । हिजो प्रश्न सोध्न दिईएन् ।’

नेता बडुले प्रधानमन्त्रीले हिजो जवाफ दिनुपर्दथ्यो भन्ने धारणा पनि राख्नु भयो । उहाँले अगाडि भन्नभुयो,‘सरकार संसदप्रति जवाफदेही हुनुपर्छ । यो सरकार दुई तिहाईको हो । तर, दुई तिहाई भन्दैमा संविधानको बर्खिलापमा गएर काम गर्ने छुट सरकारलाई छैन् । अहिले सरकारले संविधानको बर्खिलापमा गएर काम गरिरहेको छ ।’

उहाँले हिजो संसद जुन प्रक्रियामा पुगेर स्थगित् भएको हो अब पर्सि बस्ने बैठक त्यही प्रक्रियाबाट अघि बढ्नुपर्ने पनि बताउनुभयो । उहाँको भनाइ छ ,‘सरकारले जवाफ दिनुपर्छ । २५ गतेको संसद चल्छ ।’ सरकार जवाफ दिनबाट भागेको पनि उनले आरोप लगाए ।

वाईडबडी खरिद प्रकरणमा संसदीय उपसमितिले प्रतिवेदन ल्याएको समयमा सरकारले नयाँ छानबिन समिति बनाउनु आपत्तिजनक भएको पनि उहाँको टिप्पणी थियो । उहाँले भन्नुभयो,‘सरकारले यो प्रकरणमा आँफैले छानबिन गर्छौं भनेर कसैलाई चोख्याउने काम गर्न लागेको छ । सरकारले संविधानविपरित कदम चालेको छ । निरंकुशता लाद्न खोजेको छ । न्यायालयमा पनि त्रास सिर्जना गरेको छ ।’

प्रतिक्रिया दिनुहोस्

LIVE TV