२३ पुष २०७५, सोमबार

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष चार देशका राजदुतहरुले आ आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका छन् ।

सोमबार राष्ट्रपति भवन, शीतलनिवासमा आयोजित विशेष समारोहमा नेपालका लागि प्रजातान्त्रिक जनगणतन्त्र कोरियाका राजदुत मिस्टर जो यङ म्यान, चीनका मिस्टर हउ याङ्की, साउदी अरेबियाका अल मवानी र स्वीडेनका मिस्टर कलस मोलिनले राष्ट्रपति भण्डारी समक्ष प्रमाणपत्र पेश गरेका हुन् ।

चारै जना राजदुतहरुलाई सांग्रीला होटलदेखि शीतलनिवाससम्म बग्गीमा सवार गराइएको थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV